१२ जेष्ठ २०८२ , सोमबार

सगरमाथा आरोही प्रहरी नायब निरीक्षक शेर्पालाई दज्र्यानी चिह्न प्रदान

News
११ जेष्ठ, काठमाण्डौँ ।

 प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा हुनुभएकी शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्। जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले शेर्पालाई विशेष बढुवा प्रदान गर्ने निर्णय गरेको थियो। सो अवसरमा प्रहरी महानिरीक्षक थापाले शेर्पाले प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि गरेको कार्यको प्रशंसा गरे।

शेर्पाले जेठ ५ गते सोमबार बिहान ८ः५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन्। उनले सगरमाथा शिखरबाट नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ’ भन्ने नारासहितको ब्यानर फहराएकी थिइन्।