२२ बैशाख २०८२ , सोमबार

रवि लामिछानेको धरौटी मुद्दामा उच्च अदालतको हस्तक्षेप, कारणसहित कैफियत प्रतिवेदन माग

News
२२ बैशाख, काठमाण्डौँ ।

उच्च अदालत पाटनको हेटौँडा इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग धरौटी माग्नुको कारणसहित चितवन जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश डा. शान्ता सेढाईँ सापकोटाको इजलासले यस्तो आदेश जारी गरेको हो।

साहारा सहकारी प्रकरणमा चितवन जिल्ला अदालतले तोकेको ५४ लाख रुपैयाँ धरौटी बदर गर्न माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए। आज उक्त निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालतले कारणसहितको जवाफ मागेको हो। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल र अधिवक्ता डा. नारायणदत्त कंडेलले बहस गरेका थिए।

स्मरण रहोस्, सहारा सहकारीसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।