यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ।
कार्यालयले नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि चैत महिनासम्ममा रु ४५ करोड ६६ लाख ८५ हजार पाँच सय ९० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिएका छन्।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट रु सात करोड आठ लाख ७१ हजार तीन सय १४, सवारी करबाट रु २८ करोड २७ लाख ३७ हजार दुई सय ९९, यातायात क्षेत्रको आम्दानीबाट रु सात करोड १५ लाख ७६ हजार नौ सय ९२, सङ्घीयता तर्फ रु तीन करोड १४ लाख ९१ हजार नौ सय ५३ तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ।
चालु आवको सो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, टेम्पो÷ई–रिक्सा छ सय २६, ठूला तथा मझौला सवारी छ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीन सय ५१ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिएका छन्। यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एक सय ६१ गरी पाँच हजार तीन सय ५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको उनले जानकारी दिए।
सो अवधिमा चार हजार सात सय ८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ। सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो।