११ जेष्ठ २०८२ , आईतवार

असिनाले जुम्लाका स्याउ बगैँचामा क्षति

News
११ जेष्ठ, काठमाण्डौँ ।

असिनासहितको वर्षात्ले जुम्लाका स्याउ बगैँचामा क्षति पुर्‍याएको छ। तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्‍याएको हो।

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहँु, जौ, आलु, सिमीलगायत बालीनाली तथा स्याउ र ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए। झण्डै आधा फिट असिना परेको थियो। वडाध्यक्ष रावतले भने, “पाकेको बाली खेतबारीमै झारेको छ। सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ। स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ।”

असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतले बताए।