६ जेष्ठ २०८२ , मंगलवार

गभर्नर सिफारिस समितिको बैठक सुरु

News
६ जेष्ठ, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहनुभएको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य रहेका छन्। अर्थमन्त्री पौडेलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालयमा जारी छ।

नेपाल राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ।