२२ बैशाख २०८२ , सोमबार

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम टेबुल

News
१९ बैशाख, काठमाण्डौँ ।

प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका हुन्।

यसअघि, बैठकले राष्ट्रपतिबाट संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ। सभामुख देवराज घिमिरेले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।