८ जेष्ठ २०८२ , बिहीबार

आचरण सुधारे असल समाज निर्माण हुन्छ: महासचिव शङ्कर पोखरेल

News
८ जेष्ठ, काठमाण्डौँ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मानिसले आचरण सुधार गरेमा असल समाज निर्माण हुने बताएका छन्।

तुलसीपुर उपमहानगरपालिका–१९ स्थित वडा कार्यालय प्राङ्गणमा स्थापना भएको गौतमबुद्धको प्रतिमा अनावरण गर्दै पोखरेलले समाज बिगार्ने खालका खानपिनलाई बहिष्कार गर्नुपर्ने बताए। असल बानीले परिवार र समाजलाई असल बनाउने भन्दै उनले वडा कार्यालयमा बुद्धका दिव्य उपदेशलाई आत्मसात गरेर काम गर्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य सुजिता शाक्यले गौतमबुद्धका विचार अनुशरण गर्दा नेपाल समाजमा बढ्दो नैराश्यतालाई हटाउन सकिने बताइन्। तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले छिल्लीकोटको फेदीमा गौतमबुद्धको प्रतिमा स्थापना गर्दा यस क्षेत्रका पर्यटन क्षेत्रमा नागरिकको आकर्षण बढ्ने विश्वास व्यक्त गरे।