स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु आज रु एक लाख ८८ हजार १०० कायम भएको छ।
चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ। मङ्गलबार चाँदी प्रतितोला रु एक हजार ९७० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।