स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्यमा भने सामान्य घटबढ भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ। त्यस्तै, एक तोला चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ। सोमबार एक तोला चाँदी रु एक हजार ९४५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।