२५ बैशाख २०८२ , बिहीबार

सुनको मूल्य आकासियो, तोलाको रु १ लाख ९१ हजार नाघ्यो

News
२४ बैशाख, काठमाण्डौँ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको छ। आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य तोलामा रु १ हजार ७०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु १ लाख ९१ हजार ६०० पुगेको छ। चाँदीको मूल्य पनि बढेर तोलाको रु एक हजार ९६५ पुगेको छ।

मंगलबार, सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ९०० र चाँदीको मूल्य रु एक हजार ९६५ थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।