अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज तोलामा रु ५ हजारले बढेको छ। चाँदीको मूल्य पनि तोलामा रु ५० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ८०० कायम भएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु एक हजार ९९० मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको छ।