५ असार २०८२ , बिहीबार

सुनको मूल्य फेरि बढ्यो, तोलाको १ लाख ९५ हजार ५०० पुग्यो

News
४ असार, काठमाण्डौँ ।

गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।