३० भाद्र २०८३ , मंगलवार

आज सुनको मूल्य तोलामा रु एक हजार १०० ले घट्यो

News
९ जेष्ठ, काठमाण्डौँ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो। चाँदी पनि तोलामा रु २० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार पाँचमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।