३१ बैशाख २०८२ , बुधबार

मखनटोलमा ग्यास लिक भएर आगलागी, एक महिलाको मृत्यु

News
१ जेष्ठ, काठमाण्डौँ ।

काठमाडौंको मखनटोलमा ग्यास लिक भएर आगलागी हुँदा एक महिलाको ज्यान गएको छ।

काठमाडौं महानगरपालिका- २४ मा रहेको मखन गल्लीमा दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरी आगो निभाउन परिचालन गरिएको छ। आगलागीमा परी महिलाको ज्यान गएको भए पनि उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

आगो दयारामको घरसँगै रहेको अर्को घरमा पनि सल्किएकाले काठमाडौं र ललितपुरबाट दमकल बोलाएर आगो निभाउने प्रयास जारी छ। घटनाको थप विवरण आउन बाँकी छ।