२५ जेष्ठ २०८२ , आईतवार

रुकुम पश्चिम कारागारका कैदीबन्दीलाई फलफूल वितरण

News
१३ जेष्ठ, काठमाण्डौँ ।

जिल्ला कारागार रुकुम पश्चिमका १६३ कैदीबन्दीलाई फलफूल वितरण गरिएको छ ।

प्रेस सेन्टर जिल्ला शाखाले कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसको अवसरमा कारागारका कैदीबन्दीलाई फलफूल वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीमार्फत कारागारमै पुगरे कैदीबन्दीलाई फलफूल वितरण गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काले जानकारी दिए ।

कारागारमा १६३ कैदीबन्दी भए पनि करिब २०० जनालाई पुग्ने गरी कारागार प्रशासनलाई फलफूल वितरण गरिएको उनको भनाइ छ । स्मृति दिवसको अवसरमा जिल्लामा अन्य कार्यक्रम पनि आयोजना गरिएको प्रेस सेन्टर जिल्ला शाखाले जनाएको छ ।