झापा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा रहेको टोलीले गोप्य सूचनाको आधारमा भद्रपुर नगरपालिका वडा नं. ७ आनिमार्गमा बाग्मति प्रदेश ०१-०२५ च ०८७७ नं. को गुन्डाई कम्पनिको क्रेटा कारलाई रोकि चेकजांच गर्दा कारमा लुकाई छिपाई ल्याउंदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो पदार्थ २०० ग्राम ३९० मिलिग्राम सहित कार र निजहरुले प्रयोग गर्ने VIVO (२ थान), APPLE (१ थान), INFINIX (१ थान) र REDMI (१ थान) कम्पनिका मोबाइल समेत बरामद गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३१ को साजन तामाङ, जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३० को सजिन लामा, जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३३ को दिपेश लामा र जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २३ को राम तामाङ रहेका छन्।
निजहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरको अनुसंधानको लागि आजै मिति २०८२।०३।११ गते सम्मानित जिल्ला अदालत झापामा उपस्थित गराईएकोमा दिन ७ (सात) म्याद थप भई जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसंधान तथा कारवाही भईरहेको छ।