२२ बैशाख २०८२ , सोमबार

सरकारको नीति तथा कार्यक्रममा निजी क्षेत्रका सुझाव समेटिएको महासङ्घको प्रतिक्रिया, रोजगारी दशकको घोषणा सकारात्मक

News
१९ बैशाख, काठमाण्डौँ ।

FNCCI प्रतिक्रिया, नेपाल नीति कार्यक्रम 2082/83, रोजगारी दशक, निजी क्षेत्र सुझाव, सरकार नीति, आर्थिक विकास नेपाल, रोजगार सृजना

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले शिक्षालाई रोजगारी र सीपसँग जोड्नुपर्ने विषयमा प्रतिबद्धता जनाएको बताए। महासङ्घले यसलाई सकारात्मक रूपमा लिएको छ।

उहाँले सरकारले आगामी दशकलाई रोजगारी दशक बनाउने घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यसको कार्यान्वयन पक्ष हेर्न बाँकी रहेको बताउनुभयो। "नीति तथा कार्यक्रममा सरकारले आगामी दशकलाई रोजगारी दशक बनाउने उल्लेख गरेको छ। त्यसका लागि कार्यक्रम कसरी आउँछ र बजेटले कसरी सम्बोधन गर्छ भन्ने विषय हेर्न बाँकी छ," श्रेष्ठले भन्नुभयो। महासङ्घले सरकारले अब यसलाई कसरी कार्यान्वयनमा लैजान्छ भन्ने विषयमा उत्सुकतापूर्वक हेरिरहेको जनाएको छ।