१५ असार २०८३ , सोमबार

चीनमा बाढीले लियो ६ जनाको ज्यान

News
१२ जेष्ठ, काठमाण्डौँ ।

दक्षिण चीनको ग्वाङ्शी झुआङ स्वायत्त क्षेत्रको एक गाउँमा शुक्रबार बिहान आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। स्थानीय अधिकारीहरूले आइतबार सो जानकारी दिएका हुन्।

ग्वेइलिन शहरअन्तर्गत लङसेङ काउन्टीको सानसे गाउँमा आएको विपत्तिपछि खोज तथा उद्धार कार्यका लागि नौ वटा टोली परिचालन गरिएको छ। आइतबार साँझ ६ बजेसम्म थप तीन जनाको शव फेला पारिएसँगै मृतक सङ्ख्या ६ पुगेको हो।

हालसम्म दुई जना अझै बेपत्ता रहेका छन्। उद्धार कार्य तीव्र र व्यवस्थित रूपमा भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।