१९ जेष्ठ २०८२ , सोमबार

लेउती खोलामा बाढी: कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध

News
१७ जेष्ठ, काठमाण्डौँ ।

 आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ।

बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिएका छन्। यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले बताए।

सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरतर्फको यातायात ठप्प भएको छ। चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्ष बाढी र पहिरोले अवरोध हुने गरेको छ।