२३ बैशाख २०८२ , मंगलवार

अर्थमन्त्री पौडेल र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

News
१९ बैशाख, काठमाण्डौँ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

उहाँहरूबीच आज बिहान अर्थ मन्त्रालयमा भेट भएको हो। सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।