३ कार्तिक २०८२ , सोमबार

पोखरामा सवारी चालक अनुमतिपत्र परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

News
२५ असार, काठमाण्डौँ ।

कास्की प्रहरीले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अरुको नाममा परीक्षा दिइरहेको एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्की गण्डकी प्रदेश, पोखराबाट संचालन भएको वर्ग B (Car, Jeep, Delivery Ven) को प्रयोगात्मक परीक्षामा अरुको नामको परिक्षा दिइरहेको भन्ने सूचनाको आधारमा बागलुङ बा.न.पा. वडा नं. ५ अमलाचौर स्थायी घर भई पर्वत कुश्मा न.पा. ६ बस्ने वर्ष ३३ को मोहम्मद रहिमलाई पक्राउ गरेको हो ।

आवेदक नं. ६८९६२२९ का परिक्षार्थी कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी कुमार भण्डारीको परिक्षा दिईरहेको अवस्थामा फेला परेपछि निजलाई पक्राउ गरिएको हो। पक्राउ परेका रहिमलाई सम्मानित कास्की जिल्ला अदालतबाट लिखत सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।