इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ (इयु) ले गाजामा तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्दै इजरायली अधिकारीहरूलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ।
युरोपेली आयोगका प्रवक्ता अनौर एल अनौनीले गाजामा इजरायली सेनाद्वारा अपरेसनको योजनाबद्ध विस्तारले प्यालेस्टिनी जनसङ्ख्याका लागि थप हताहत र पीडा हुनेमा चिन्ता व्यक्त गर्दै इजरायललाई अत्यधिक संयम अपनाउन आग्रह गरेका हुन्।
इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा पट्टीमा आफ्नो सैन्य आक्रमण विस्तार गर्ने योजनालाई आइतबार राति अनुमोदन गरेको थियो।
इयुले तत्काल मानवीय पहुँच र सहायताको वितरणका साथै गाजामा बिजुली र आवश्यक सेवाहरूको पुनःस्थापनाका लागि आह्वान गरिरहेको छ।