प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८२ पेश भएको छ। आज बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरे ।
अर्थमन्त्री पौडेलले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, केही महसुल, कर, शुल्क र दस्तुर लगाउन, लगाइराखेकालाई चालु राख्न, हेरफेर गर्न तथा राजस्व प्रशासनसम्बन्धी प्रचलित केही नेपाल कानुनलाई संशोधन गर्न उक्त विधेयक प्रस्तुत गर्नु परेको जानकारी दिए।
आजको बैठकले पूर्वसांसद गणेशबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांग्रेसका तर्फबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्य र २०६४ सालको संविधानसभा सदस्य निर्वाचित हुनुभएका खड्काको ८२ वर्षको उमेरमा आज निधन भएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते बिहान ११ बजे बस्नेछ।