७ असार २०८२ , शनिबार

काठमाडौंको बल्खुबाट लागू औषध कारोबार गर्ने एकजना पक्राउ

News
७ असार, काठमाण्डौँ ।

काठमाडौं प्रहरीले लागू औषध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१४ बल्खु क्षेत्रमा लागू औषध ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी टोलीले शंकास्पद गतिविधि गरिरहेको अवस्थामा ताप्लेजुङ फुलिन नगरपालिका-२ स्थायी घर भई हाल ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २८ वर्षीय गोपाल प्रधानलाई पक्राउ गरेको हो।

उनले बोकेको कालो रङ्गको ब्यागभित्र डाइजेपाम २२ एम्पुल, फेनरगन ३२ एम्पुल, व्यूप्रिनोर्फिन ३२ एम्पुल र ट्रामाडोल ८८ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

प्रधानलाई पक्राउ गरी लागू औषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।