१८ मंसिर २०८२ , बिहीबार

इटहरीमा डोंगफेङ नामीको नयाँ शोरूम सञ्चालन, टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

News
२६ कार्तिक, काठमाण्डौँ ।

विद्युतीय गाडी ब्राण्ड डोंगफेङ नामीले पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र इटहरीमा आफ्नो नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। कम्पनीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले श्रीजना मोटर्ससँगको सहकार्यमा उक्त अत्याधुनिक शोरूम विस्तार गरेको हो।

एक कार्यक्रमका बीच शोरूमको उद्घाटन गरिएको हो। कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, श्रीजना मोटर्सका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरी लगायत व्यवसायी तथा स्थानीयको उपस्थिति थियो। कम्पनीका अनुसार, इटहरीको केन्द्रमा खोलिएको नयाँ शोरूमबाट ग्राहकहरूले डोंगफेङ र सेरेसका पछिल्ला विद्युतीय गाडीका मोडेलहरूबारे जानकारी लिन, अवलोकन गर्न तथा खरिद गर्न सक्नेछन्।

शोरूम उद्घाटनको अवसरमा कम्पनीले कार्तिक २४ देखि २६ गतेसम्म तीन दिने 'टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प' पनि आयोजना गरेको छ। कम्पनीका अनुसार, क्याम्प अवधिभर ग्राहकहरूले नामी ०१, नामी भिगो र सेरेस ईभीको खरिद तथा एक्सचेन्जमा विशेष छुट र अफर पाउनेछन्। जसमा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस ३ मा ६ लाख रुपैयाँसम्मको छुट तथा सुविधा रहेको कम्पनीले जनाएको छ।

यसका साथै, पुराना गाडीको उत्कृष्ट मूल्याङ्कन, एक्सचेन्ज बोनस र प्रत्येक टेस्ट ड्राइभमा उपहारको व्यवस्था पनि गरिएको छ।