२६ जेष्ठ २०८२ , सोमबार

पाँचखालमा विपद् व्यवस्थापन तालिम सुरु

News
२६ जेष्ठ, काठमाण्डौँ ।

पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वाटरले काभ्रेमा विपद् व्यवस्थापन तथा प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम सुरु गरेको छ। गणले बनेपा नगरपालिकासँगको सहकार्यमा नगरका १४ वडाका ८० जनालाई लक्षित गरी तीन दिने विपद् स्वयंसेवक आधारभूत तालिम सुरु गरेको हो।

मङ्गलबारसम्म सञ्चालन हुने तालिममा विपद् पूर्व तयारी, विपद् उद्धार, त्यसपश्चातका प्रतिकार्य, राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइने जनाइएको छ। नगरप्रमुख शान्तिरत्न शाक्यले हरेक नागरिक विपद्सँग परिचित हुनुपर्ने उल्लेख गर्दै विपद् पछिका अवस्था, विपद् आउनुअघिको अवस्थाको सचेतना गराउँदै विपदले पु¥याउने असर न्यूनीकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताए।

गणले यही जेठ १२ गते पनौती नगरको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त तालिम दिएर अभियानको सुरुआत गरेको थियो। गणका प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाईँले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीन दिने तालिम प्रदान गर्दै जाने जानकारी दिए।