१३ बैशाख २०८३ , आईतवार

दोस्रो एसकेबिसी बागमती प्रदेश तेक्वान्दो प्रतियोगिताको उपाधि ढल्को डोजाङलाई

News
५ जेष्ठ, काठमाण्डौँ ।

दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ।

टोखा नगरपालिकाको बसुन्धारास्थित हेराल्ड इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ढल्को सात स्वर्ण, पाँच रजत र तीन कास्यपदकसहित च्याम्पियन बनेको हो। यसैगरी आयोजक एसकेबिसी तेक्वान्दो क्लब पाँच स्वर्ण, तीन रजत र १० कास्यका साथ दोस्रो भयो। तेस्रो स्थानमा रहेको बालाजु तेक्वान्दो डोजाङले चार स्वर्ण, तीन रजत र छ कास्य पदक हात पा¥यो।

प्रतियोगिताको पुरुषमा जैशीदेवल तेक्वान्दो डोजाङका रावलहाङ लिम्बू तथा महिलामा गोर्खाली तेक्वान्दो डोजाङकी प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए। एसकेबिसीका सुवास बोहरा उत्कृष्ट प्रशिक्षक चुनिए भने कुमार लावत उत्कृष्ट निर्णायक ठहरिए। उत्कृष्ट चारैलाई पुरस्कारस्वरुप मोबाइल प्रदान गरिएको छ।

विजेतालाई टोखा नगरपालिका-५ का वडाध्यक्ष मदन गुरुङलगायतले पुरस्कार प्रदान गरे। त्यस अवसरमा गुरुङले प्रतियोगितालाई निरन्तरता दिन हरेक वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै खेलकुदमार्फत समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन मद्दत मिल्ने विश्वास व्यक्त गरे।

एसकेबिसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक रञ्जित डंगौराका अनुसार प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट १८ डोजाङ तथा क्लबका गरी पाँच सय सिनियर/जुनियर खेलाडी सहभागी भएका थिए।