८ असार २०८३ , सोमबार

देउवाबाट केन्द्रीय सदस्य आचार्यकी माताको निधनप्रति दुःख व्यक्त

News
७ असार, काठमाण्डौँ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मधु आचार्यकी माता तथा राष्ट्रियसभाका सांसद कमला पन्तकी सासूआमा मिठु आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन्। मिठु आचार्यको यही असार ६ गते निधन भएको हो।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। देशको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी आचार्यको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको उनले बताएका छन्।