धौलागिरि गाउँपालिका–३, मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि २ करोड ३१ लाख ३६ हजार ७५० रुपैयाँको लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ।
पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले यो पुल निर्माण गरेको हो। पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ। साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दालाई लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ।
२०८२ मङ्सिरसम्ममा पूरा गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले पहिले नै काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो।