५ कार्तिक २०८२ , बुधबार

बुढीराप्तीमा गोहीको आक्रमणबाट युवकको मृत्यु

News
२० असार, काठमाण्डौँ ।

बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारीका २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो। बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए।