८ जेष्ठ २०८२ , बिहीबार

कांग्रेस प्रवक्ता महतको जोड: पार्टीभित्र एकताको विकल्प छैन

News
७ जेष्ठ, काठमाण्डौँ ।

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन्।

नेपाली कांग्रेस भानु नगरसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले पार्टी बलियो हुनका लागि सहमति र एकता अपरिहार्य रहेको बताए। उनले पार्टीभित्रका कमजोरी सुधार्दै कांग्रेसलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता भएको औंल्याए। कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने उनको भनाइ थियो।

कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै प्रवक्ता महतले कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य पुष्पराज पराजुली, जिल्ला कार्यसमितिका उपसभापति देवकुमार श्रेष्ठ, सचिव सहदेव अधिकारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतको उपस्थिति थियो।