२९ बैशाख २०८२ , सोमबार

कोइला बोकेको ट्रक पल्टिदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

News
२८ बैशाख, काठमाण्डौँ ।

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोलानजिक कोइला बोकेको ट्रक सडकमा पल्टिँदा राजमार्ग अवरुद्ध भएको छ।

बिरगन्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला लोड भएको ट्रक अनियन्त्रित भइ बिहान ७ बजे पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रक पल्टिए पनि मानवीय क्षति भने भएको छैन।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए।