१५ बैशाख २०८३ , मंगलवार

चीनले नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्यो

News
७ जेष्ठ, काठमाण्डौँ ।

चीनले मंगलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट ‘चाइना–स्याट ३बी’ नामक नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

साँझ ७ः५० बजे लङ् मार्च रकेटमार्फत प्रक्षेपण गरिएको उक्त उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलता पूर्वक स्थान लिएको छ । यस उपग्रहमार्फत स्वर सञ्चार, तथ्य आदानप्रदान, रेडियो तथा टेलिभिजन प्रसारण सेवाहरू प्रदान गरिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण लङ् मार्च रकेट शृङ्खलाको ५७७ औँ उडान हो ।