२५ जेष्ठ २०८२ , आईतवार

भोजपुरको सिक्रेटारमा बाल उद्यान निर्माण

News
१४ जेष्ठ, काठमाण्डौँ ।

बालबालिकाको मनोरञ्जनका लागि अरुण गाउँपालिका–७ सिक्रेटारमा वडा कार्यालयले रु १० लाख खर्चेर बाल उद्यान निर्माण गरेको छ ।

वडाध्यक्ष कुमार थापाका अनुसार यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरिएको हो । बाल उद्यान हुँदै यहाँको कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा काम थालेको उनले बताए ।

स्थानीय खड्कबहादुर खड्काले बाल उद्यान अभिभावकलाई आफ्ना बालबालिका घुमाउने उपयुक्त स्थल बनेको बताए । उद्यानमा बालबालिकाको मनोरञ्जनका लागि विभिन्न भौतिक संरचना निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।