१३ असार २०८३ , शनिबार

मुख्यमन्त्री यामलाल कँडेलबाट गणतन्त्र दिवसको शुभकामना

News
१५ जेष्ठ, काठमाण्डौँ ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अठारौँ गणतन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिएका छन्।

साथै उहाँले गणतन्त्र स्थापनाको आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सबै क्षेत्र र वर्ग समुदायको योगदानको सराहना गरेका छन्।

उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा जनता विजयी भएको आजको दिन महान् उत्सव हो भन्दै लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति सरकार र समाजका हरेक वर्गले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन्।

जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता भएको मुख्यमन्त्री कँडेलले सन्देशमा उल्लेख गरेका छन्।