२९ जेष्ठ २०८२ , बिहीबार

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना, तीनको मृत्यु, सात बेपत्ता

News
२३ बैशाख, काठमाण्डौँ ।

क्यालिफोर्नियाको तटमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन्।

अमेरिकी तटरक्षक बललाई सान डिएगोको उत्तरमा डेल मार नजिकै डुङ्गा दुर्घटना भएको सुचना प्राप्त भएको प्रवक्ता हन्टर श्नाबेलले बताएका छन्। घटनास्थलमा एउटा डुङ्गा र हेलिकप्टर पठाई चार जनालाई उद्धार गरी अस्पताल लगिएको र तीन जना मृत फेला परेको उनले जानकारी दिए।

दुर्घटनामा बाँचेकाहरुसँगको लिएको अन्तर्वार्तालाई उद्धृत गर्दै डुङ्गामा दुई बालबालिकासहित अन्य नौ जना व्यक्ति रहेको श्नाबेलले बताउनुभयो। जहाज कहाँबाट आएको थियो वा यो कहाँ जाँदै थियो भन्ने तत्काल जानकारी नभएको बताइएको छ। यद्यपि, केही व्यक्ति भारतीय राष्ट्रियताका हुन सक्ने आशङ्का रहेको प्रवक्ताले बताएका छन्। खोज र उद्धार कार्यमा एक निश्चित विमान परिचालन गरी अनुसन्धान भइरहेको जनाइएको छ।