आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान १० बजे बस्ने गरी तय भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो।
यसैगरी नवनियुक्त ऊर्जा, जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथग्रहण कार्यक्रम पनि स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।