प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने लगायत विभिन्न विषयमा छलफल हुने बताइएको छ। शिक्षक, चिकित्सक लगायतसँग भएका सहमति र विभिन्न मन्त्रालयका नियमित एजेन्डाहरूमा पनि छलफल हुनेछ। मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि पनि छलफल तथा निर्णय हुने सम्भावना छ।
यसैबीच, आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको शपथग्रहण कार्यक्रम पनि रहेको छ।