२३ बैशाख २०८२ , मंगलवार

बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, गैह्रीधाराबाट लागुऔषधसहित पाँच पक्राउ

News
१७ बैशाख, काठमाण्डौँ ।

बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बा ८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २२ वर्षीय पुरूषको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन्। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, काठमाडौँ महानगरपालिका–४ गैह्रीधारास्थित नाङ्लो क्याफे हाउसबाट अवैध लागुऔषध गाँजा करिब एक सय ग्राम र ‘पोल्याण्ड’ करिब एक सय ग्रामसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कामपा–५ हाँडीगाउँ बस्ने ४१ वर्षीय नरेश कायस्थ, ४४ वर्षीय सदाशिव महर्जन, सोही महानगरपालिका–४ बालुवाटार बस्ने ३३ वर्षीय सुनिल तामाङ, ४० वर्षीय सबिस लामा र सोही महानगरपालिका–१ नक्साल बस्ने ४७ वर्षीय राजेन्द्र खड्गी रहेका छन्।