एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै ब्रोडवे इन्फोसिसले विशेष अफर ल्याएको छ। आईटी ट्रेनिङ प्रदान गर्ने यस संस्थाले एसईई दिएका विद्यार्थीहरुका लागि आईटी कोर्षहरुमा २४ प्रतिशत छुटको घोषणा गरेको हो।
ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीका अनुसार एसईई दिएर खाली समयमा बसेका विद्यार्थीहरुले सीप सिकेर आफ्नो समयलाई सदुपयोग गरून् भन्ने उद्देश्यले यो छुट योजना ल्याइएको हो। आईटीको बढ्दो मागलाई मध्यनजर गर्दै विद्यार्थीहरुले ब्रोडवेमा आईटीका सीपहरू सिकेर भविष्यका लागि आफूलाई तयार पार्न सक्ने उनको भनाइ छ।
एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्षहरुमा एसईई दिएका विद्यार्थीहरुले यो छुटको लाभ लिन सक्नेछन्। यो अफर आगामी वैशाख १५ गतेसम्म मात्र लागु हुनेछ।
थप जानकारीका लागि इच्छुक विद्यार्थीहरुले काठमाडौंको तीनकुनेमा रहेको ब्रोडवे इन्फोसिसको कार्यालयमा जान वा https://broadwayinfosys.com/see-student-it-training भिजिट गर्न सक्नेछन्।