वीरगञ्ज महानगर क्षेत्रमा अत्यधिक गर्मी बढेका कारण विद्यालयहरूमा बिहानको समयमा पठनपाठन सुरु भएको छ।
वीरगञ्ज महानगरपालिकाको निर्णय अनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो। अर्को सूचना जारी नभएसम्म बिहान ६ बजेदेखि विद्यालयहरू सञ्चालन हुनेछन्।
महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन्। सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेका छन्।