वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयले यो अवधिमा वार्षिक लक्ष्यको ६१.३४ प्रतिशत राजस्व सङ्कलन गरेको हो। कार्यालयका सूचना अधिकारी युवराज भट्टराईका अनुसार पछिल्ला महिनाहरूमा राजस्व सङ्कलनमा बढोत्तरी हुँदै आएको छ।
कार्यालयले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो। त्यसैगरी, मङ्सिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड र चैतमा ४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ।