विराटनगर महानगरपालिका-३ मा आइतबार भएको स्कुटर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार कोशी प्रदेश १-०२-०५०प ९७९६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर-८ का ५५ वर्षीय मोहम्मद अब्दुल कलाम गम्भीर घाइते भएका थिए। उनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।