२ कार्तिक २०८२ , आईतवार

भानुभक्त नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

News
२९ असार, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज आदिकवि आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “आदिकवि भानुभक्त आचार्य जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो, नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना।”

आदिकवि आचार्यको जन्मदिनका अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।