बारा प्रहरीले आपभित्र लुकाएर राखेको लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको कमाण्डमा खटिएको पिकेट डियूटी टोलीले कलैया उप-महानगरपालिका वडा नं.५ भरत चौक स्थित मटिअर्वा जाने बाटोको छेउबाट जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ टोल बस्ने वर्ष २० को सेराज अंसारीलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अंसारीले बोकेको आप क्यारेट जाँच गर्दा माथी आप र मुनि प्रतिबन्धित लागू औषध एम्पुल ४ हजार ५ सय पिस फेला पारेको थियो । प्रहरीले नोफिन, फेनारगन र डाईजोपाम १५/१५ सय पिस गरी जम्मा ४५०० पिस (१५ पोका) लागू औषध बरामद गरेको छ। अंसारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।