२०८२ असार २० गते, प्रहरीले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला सुर्खेत, चौकुने गाउँपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने ४६ वर्षीय केशव राज तिवारीलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
तिवारी १० लाख ६० हजार रुपैयाँ जरिबाना तोकिएको बैंकिङ कसूर मुद्दामा फरार थिए। पक्राउ परेका तिवारीलाई सम्मानित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।