९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौं र जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज महानगरपालिका २४ घर भएका वर्ष २८ का धर्मेन्द्र कुमार पटेललाई पक्राउ गरेको हो।
वादी नेपाल सरकार र प्रतिवादी धर्मेन्द्र कुमार पटेलबीचको मुद्दामा उनी फरार रहेका थिए। प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।