बाँके प्रहरीले नेपालगञ्जको जमुनाह नाकामा चेकजाँच गर्ने क्रममा दुई जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।
नेपालगञ्ज २१ बस्ने कस्मिन सिंह ठकुरी र नेपालगञ्ज ९ बस्ने समिर खानको साथबाट ९ ग्राम १४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरू सवार स्कुटरसमेत बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।