जिल्ला बाँके राप्तिसोनारी गा.पा. २ अगैया बस्ने वर्ष ६० को सत्य कुमार श्रेष्ठलाई चरेश मुद्दामा बाँके जिल्ला अदालतले २०६२ सालमा २ वर्ष कैद सजाय तोकेको थियो । फैसलापछि फरार रहेका निजलाई प्रहरीले खोजतलास गरी मिति २०८२।०२।१४ गते पक्राउ गरेको छ । पक्राउ परेका श्रेष्ठलाई बाँके जिल्ला अदालतमा बुझाइएको छ ।