बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चलचित्रसम्बन्धी विधेयक पेस गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिएका छन्।
बैठकमा प्रदेशसभाअन्तर्गतको विभिन्न विषयगत समितिबाट पारित भएका अन्य चारवटा विधेयकहरु प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ। चालु प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ।